• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    • lumbinisanjal
    • २०८२ मंसिर २६, शुक्रबार १२:३२
    1.5K
    SHARES
    सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

    काठमाडौँ, २६ मङ्सिर । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । सुन तोलामा रु. तीन हजार ५०० र त्यति नै परिमाणको चाँदीको मोल रु. १००ले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५६ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु. तीन हजार ९०५ निर्धारण भएको छ ।

    बुधबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ८०५ मा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार २७५ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ । रासस



    lumbinisanjal   
  • २०८२ मंसिर २६, शुक्रबार १२:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP