• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    गुल्मीमा कफीको जातीय परीक्षण

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १८:२०
    2.7K
    SHARES
    गुल्मीमा कफीको जातीय परीक्षण

    गुल्मी, ९ कात्तिक  । गुल्मीमा पहिलो पटक कफीको जातीय परीक्षण गरिएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिद्वारा ३८ जातमा कफीको जातीय परीक्षण गरेको हो।

    दुई सय रोपनी क्षेत्रफलमा फैलिएको अनुसन्धान कार्यक्रममा जातीय परीक्षण भइरहेको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवम् वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। यहाँ चार हजार कफीका बिरुवाहरू रहेका छन्। नेपालमा हालसम्म कुनै कफीका जातहरू सिफारिस भएका छैनन्।

    अनुसन्धान कार्यक्रम मार्फत कफीका तीन वटा जात सिफारिसका लागि बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव तयार गरी पेस गरिएको छ। अतिरिक्त कफीका अरु जातीय तथा रोग कीरा व्यवस्थापन परीक्षणको काम भइरहेको उहाँले बताउनुभयो। यहाँ वार्षिक दस हजारभन्दा बढी कफीका बिउ बेर्ना उत्पादन गर्नुका साथै एक सय किलोसम्म कफीको श्रोत बिउ उत्पादन गरी वितरण गरिएको छ।

    अनुसन्धान कार्यक्रमले कफी बालीमा मल खाद्य व्यवस्थापन परीक्षण, छहारी व्यवस्थापन, कफी रोप्ने तरिका, सेतो गँबारो तथा अन्य रोग किरा व्यवस्थापन सम्बन्धी परीक्षणका साथै कफीको गुणस्तरको बारेमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छ। यस वर्ष तीन सय किलो बिउको माग आएको भए पनि गत वर्ष जम्मा एक सय केजी मात्र कफीको बिउ उत्पादन भएको कार्यालयले जनाएको छ। – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १८:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP