• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    युवाहरूको पहलमा छल्दी खोलाको पुल वरिपरि सरसफाई अभियान सम्पन्न

    • lumbinisanjal
    • २०८२ कार्तिक ९, आईतवार १६:३१
    5.2K
    SHARES
    युवाहरूको पहलमा छल्दी खोलाको पुल वरिपरि सरसफाई अभियान सम्पन्न

    बुटवल, ९ कार्तिक। धुर्कोट गाउँपालिका–५ बस्तु , दुकुर्जीका स्थानीय युवाहरूको सक्रियतामा शनिबार छल्दी खोलाको पुल आसपास सरसफाई अभियान सम्पन्न भएको छ। लामो समयदेखि पुल वरिपरि जम्मा हुँदै आएको माटो, ढुंगा र प्लास्टिकजन्य फोहोर पदार्थ हटाइएपछि उक्त क्षेत्र सफा र आकर्षक बनेको छ।

    युवा अगुवा सुजन भण्डारीका अनुसार स्थानीय स्तरमा वातावरणीय सरसफाईप्रति बेवास्ता भइरहेकाले युवाहरू स्वयं अघि सरेर अभियान सञ्चालन गरिएको बताए । उनले भने, “पुल वरिपरि निकै फोहोर देखिन्थ्यो, त्यसैले हामीले सामूहिक रूपमा सफा गर्ने निर्णय गरेका हौं।”

    त्यस्तै अर्का युवा अगुवा सुबास पोखरेलले स्थानीय सरकारको ध्यान नपुगेका कारण युवाहरूको पहलमा सरसफाई गरिएको बताए । उनले भने, “हामीले सफा र सुन्दर गाउँ बनाउने संकल्पका साथ अभियान थालेका हौं। आगामी दिनमा निरन्तर रूपमा यस्ता गतिविधि अघि बढाउने योजना पनि छ।”

    अभियानमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सरसफाईपछि पुल क्षेत्र वरिपरि फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने र जनचेतनामूलक सन्देश फैलाउने तयारी गरिएको आयोजकहरूले बताएका छन्।



    lumbinisanjal   
  • २०८२ कार्तिक ९, आईतवार १६:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP