• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    गृहमन्त्री अर्यालको निर्णय : “जेनजी आन्दोलनका मृतकप्रति राष्ट्रिय शोक, परिवारलाई काजकिरिया खर्च”

    • lumbinisanjal
    • २०८२ भाद्र ३०, सोमबार १४:५५
    2.4K
    SHARES
    गृहमन्त्री अर्यालको निर्णय : “जेनजी आन्दोलनका मृतकप्रति राष्ट्रिय शोक, परिवारलाई काजकिरिया खर्च”

    काठमाडौं ,३० भदौ । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

    नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।

    आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

    मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरेका थिए ।



    lumbinisanjal   
  • २०८२ भाद्र ३०, सोमबार १४:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP