• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बालाजी अटोमोबाइल्स मार्फत जुपिटर ११० लुम्बिनीमा भित्रियो

    • lumbinisanjal
    • २०८२ असार २९, आईतवार १३:५४
    4.2K
    SHARES
    बालाजी अटोमोबाइल्स मार्फत जुपिटर ११० लुम्बिनीमा भित्रियो

    बुटवल , २९ असार । लोकप्रिय अटो निर्माता टिभीएसले आफ्नो चर्चित स्कुटर सिरिज अन्तर्गतको नयाँ टिभीएस जुपिटर ११० सीसी रुपन्देहीमा सार्वजनिक गरेको छ।

    शनिबार तिलोत्तमास्थित टिगर प्यालेस रिसोर्टमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्स र बुटवलका लागि आधिकारिक वितरक बालाजी अटोमोबाइल्सले संयुक्त रूपमा नयाँ मोडल सार्वजनिक गरेका हुन्।

    नेपालमा मात्रै होइन, जुपिटर ११० ले विश्वभर ७० लाखभन्दा बढी ग्राहकको विश्वास जितिसकेको छ। कम्पनीका अनुसार नेपालभरका सबै टिभीएस डिलरमार्फत यो स्कुटर सहजै खरिद गर्न सकिने छ।

    हाललाई ड्वान ब्लु मेट कलरमा उपलब्ध नयाँ जुपिटरको प्रारम्भिक मूल्य रु. २ लाख ५७ हजार ९ सय राखिएको छ भने बुटवलसहित लुम्बिनी प्रदेशभरका ग्राहकहरूले आफ्नै नजिकको डिलरबाट नयाँ मोडल लिन सक्ने छन्।

    कार्यक्रममा सहभागीहरूले नयाँ स्कुटरले बजारमा सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेका छन्। अत्याधुनिक प्रविधि र सुविधाको संयोजनले जुपिटर ११० नेपाली ग्राहकका लागि स्मार्ट स्कुटरको नयाँ परिचय बन्ने देखिएको छ।

    कार्यक्रममा टिभीएसका डिलर, स्थानीय व्यवसायी, ग्राहक प्रतिनिधि र अन्य अतिथिहरूको समेत उपस्थिति थियो। सहभागीहरूले नयाँ स्कुटरको डिजाइन र प्रविधिलाई सकारात्मक रूपमा लिएका छन्।

    आयोजक कम्पनीले आगामी दिनमा बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स र ग्राहक सन्तुष्टि अझ प्रभावकारी बनाउन थप योजना ल्याउने प्रतिबद्धता जनाएको छ। सबैको उत्साहजनक सहभागिताले नयाँ जुपिटर ११० नेपाली बजारमा छिट्टै लोकप्रिय हुने संकेत दिएको छ।

     



    lumbinisanjal   
  • २०८२ असार २९, आईतवार १३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP