• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धरानका मेयर र उपमेयरका समर्थहरूबिच झडप

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १८:१८
    1.8K
    SHARES
    धरानका मेयर र उपमेयरका समर्थहरूबिच झडप

    काठमाडौँ,०३ असार । धरान उपमहानगरपालिकाका मेयर र उपमेयर समर्थकहरूबिच झडप भएको छ ।

    मेयर हर्कराज राई साम्पाङ र उपमेयर आइन्द्रविक्रम बेघाका समर्थहरूबिच कार्यालय बाहिर नै झडप भएको हो ।

    दुई पक्षबिच विवाद हुँदा झडप हुन पुगेको उक्त स्थानमा खटिएको प्रहरीले जानकारी दिएको छ । साथै स्थिति नियन्त्रणमा लिइरहेको बताइएको छ ।

    हिजो मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि त्यहाँ पुगेका बेघालाई साम्पाङका समर्थकले हातपात गर्न खोजेका थिए ।

    आज भने बेघा समर्थकले उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP