• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    • lumbinisanjal
    • २०८२ असार २, सोमबार १५:१८
    3.3K
    SHARES
    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    काठमाडौँ,०२ असार । राप्रपाले बैठक भत्ता नलिने भएको छ । भिजिट भिषा प्रकरणमा हिजोदेखि निरन्तर बैठक बहिस्कार गरेको राप्रपाले बैठक भत्ता नलिने भएको हो । सो को जानकारी राप्रपाले संघीय संसद् सचिवालयका महासचिवलाई जानकारी गराएका छन् ।

    ‘प्रतिनिधि सभाको बैठक २०८२ साल असार १ गते भिजिट भिसा प्रकरणमा संसद् अवरुद्ध हुँदै गर्दा जबरजस्ती संसद् सञ्चालन गरेकाले राप्रपाले बैठक बहिष्कार गरेको थियो,’ राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘उक्त बैठकबाट प्राप्त हुने बैठक भत्ता नलिने निर्णय राप्रपाको संसदीय दलले गरेको छ। उक्त भत्ता राजस्वमा फिर्ता पठाइदिन संघीय संसदका महासचिवलाई अनुरोध गर्दछौं।’



    lumbinisanjal   
  • २०८२ असार २, सोमबार १५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP