• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    नेपालले अब नयाँ राजनीतिक उथलपुथल थेग्न सक्दैन: गगन थापा

    • lumbinisanjal
    • २०८३ भाद्र ४, बिहीबार १९:०९
    247
    SHARES
    नेपालले अब नयाँ राजनीतिक उथलपुथल थेग्न सक्दैन: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक उथलपुथल धान्न नसक्ने बताएका छन्।

    बिहीबार काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको बताए। ‘अहिलेको कम्तीमा कुनै नयाँ पोलिटिकल एड्भेन्चर नेपालमा नगर्नुहोस् । अब नेपालले थेग्न सक्दैन,’ थापाले भने।

    उनले जनताबाट पाएको म्यान्डेडअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्ने बताए। पाँच वर्षपछि कांग्रेसले सरकार चलाउने गरि आफूहरूले तयारी गरिरहेको पनि उनको भनाइ छ।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचित जितेर आएको छ, पाँच वर्ष उहाँहरूले नेतृत्व गर्नेछ,’ थापाले भने, ‘अर्को पाँच वर्षपछि चुनाव गर्ने, हामीले उहाँहरूभन्दा राम्रो गर्ने गरेर तयारी गरिरहेका हुन्छौँ।’

    नयाँ राजनीतिक शक्तिलाई पनि पुराना दलले गरेको गल्ती र भोगेको संकट नदोहो¥याउन सुझाव दिए। उनले संख्या नै ठूलो भन्ने भ्रमबाट मुक्त हुन पनि सरकारलाई आग्रह गरे।

    विगतमा कांग्रेस–एमालेले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्दै आफूहरूसँग रहेको बहुमत र जनादेशलाई पर्याप्त ठानेको परिणाम अहिले भोग्नुपरेको उनको भनाइ छ। दुईतिहाइ बहुमत भए पनि निरन्तर जनसमर्थन र नैतिक नेतृत्व गुमेपछि राजनीतिक शक्ति कमजोर बन्ने उनले बताए।

    लोकतन्त्रमा नैतिक नेतृत्वको महत्त्वपूर्ण हुने उनको भनाइ छ। सरकारले निर्वाचनमा मत दिएका र नदिएका दुवै नागरिकको विश्वास कायम राख्नुपर्ने उनले बताए।

    प्रतिनिधि सभाका सदस्यले संसदीय मर्यादा कायम गर्न नसकेको उनको भनाइ थियो। ‘यसो संसद्तिर हेर्छु, त्यो प्रत्येक जितिसकेको सांसदलाई फुली लगाएजस्तो लागेको छ,’ उनले भने, ‘मैले जे बोले पनि हुन्छ। मैले जे फुके पनि हुन्छ। यो संसद हो यो? संसदको गरिमा हुन्न? संसदको मर्यादा हुन्न?’



    lumbinisanjal   
  • २०८३ भाद्र ४, बिहीबार १९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP