• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    १० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य

    • lumbinisanjal
    • २०८२ जेष्ठ २१, बुधबार १५:४४
    2.7K
    SHARES
    १० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य

    काठमाडौं,२१ जेठ । अब १० लाख रुपैयाँ मूल्य भन्दा माथिको घरजग्गा कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्नुपर्ने भएको छ ।

    ‘भूमि व्यवस्था तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जारी गरिएको निर्देशन, २०८२’ कार्यान्वयन गर्दै सो व्यवस्था लागू गरेको हो ।

    ‘घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा दश लाख रुपैयाँभन्दा माथि पचास लाख रुपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय भूक्तानी मार्फत् गर्नुपर्नेछ । तर पचास लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत् सोझै र चेकमार्फत् गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत् गर्नुपर्ने छ’, उक्त निर्देशनमा भनिएको छ ।

    जग्गाको खरिद बिक्री गर्दा सूचक संस्थाले खरिदकर्ताको बैङ्क खाताबाट बिक्रीकर्ताको बैङ्क खातामा कारोबार गरेको रकम जम्मा भएको प्रमाण लिखतका साथ संलग्न गर्नुपर्ने व्यवस्था पनि निर्देशनले गरेको छ ।

    त्यस्तै, तीन करोड भन्दा बढी रकमको घरजग्गा कारोबार गर्नेको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था पनि विभागले नयाँ निर्देशनमार्फत् गरेको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २१, बुधबार १५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP