• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा नन–लाइफ बिमा सचेतना कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ फाल्गुन १, शुक्रबार १५:५७
    1.1K
    SHARES
    बुटवलमा नन–लाइफ बिमा सचेतना कार्यक्रम सम्पन्न

    बुटवल, १ फागुन  । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स बुटवल शाखाको आयोजनामा स्काईलेण्ड बोर्डिङ स्कुल मा नन–लाइफ (सामान्य) बिमा सम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रममा शाखा प्रबन्धक टिकाराम न्यौपाने र मार्केटिङ प्रतिनिधि सन्दीप पाण्डेको उपस्थितिमा बिमाको व्यवहारिक महत्वबारे विस्तृत जानकारी दिइएको थियो। उहाँहरूले आगलागी, मोटर, दुर्घटना, कृषि तथा सम्पत्ति बिमाका जोखिम र फाइदाबारे स्पष्ट पार्दै जोखिम व्यवस्थापनमा नन–लाइफ बिमाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

    यस अवसरमा माइक्रो इन्स्योरेन्सले उपलब्ध गराउने मोटर बिमा, घर तथा सम्पत्ति बिमा, कृषि तथा पशुपन्छी बिमा, दुर्घटना बिमा र साना व्यवसाय सुरक्षण योजनाबारे जानकारी दिइएको थियो । न्यून प्रिमियममा व्यापक सुरक्षा, छिटो दाबी भुक्तानी, आर्थिक स्थिरता तथा आकस्मिक क्षतिबाट राहत जस्ता पक्षमा विशेष जोड दिइएको थियो।

    कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालय प्रशासनले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक आर्थिक ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन १, शुक्रबार १५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP