• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    देबिस्थान प्राथमिक विद्यालयमा कम्प्युटर र उपकरण हस्तान्तरण

    • lumbinisanjal
    • २०८२ जेष्ठ २०, मंगलवार ०८:१५
    4K
    SHARES
    देबिस्थान प्राथमिक विद्यालयमा कम्प्युटर र उपकरण हस्तान्तरण

    बासुदेव पोखरेल/गुल्मी ,२० जेठ । 

    गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित देबिस्थान प्राथमिक विद्यालयमा कम्प्युटर सामग्री तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न भएको छ।

    विद्यालयलाई रूपन्देहीका समाजसेवी तथा युवा व्यवसाय भरतजङ्ग कुँवरले ११ थान कम्प्युटर प्रदान गर्नुभएको हो भने भगवती युवा क्लब धुर्कोट–३ हाडहाडेका विदेश विभाग प्रमुख देवेन्द्र जीसीले विद्यालयलाई एक थान तातो/चिसो पानी प्रयोग गर्न मिल्ने डिस्पेन्सर  सहयोग गर्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले विद्यालयमा प्रविधिको पहुँच विस्तार हुँदै जानु सुखद पक्ष भएको बताउँदै भन्नुभयो, “गुणस्तरीय शिक्षाको आधार प्रविधि, योग्य शिक्षक, स्थानीयको सहभागिता र सकारात्मक सोच हो। गाउँमै आधुनिक शिक्षा दिन सक्ने वातावरण तयार पार्न हामी क्रियाशील छौं। समुदायबाट प्राप्त सहयोगले हामीलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको छ।”

    विशेष अतिथि गाउँपालिका  उपाध्यक्ष सीता गिरीले विद्यालयमा प्रविधि र स्रोत सामग्रीको अभावमा विद्यार्थीहरु पछि पर्न सक्ने अवस्थालाई अब अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नु भयो  “गाउँमै प्रविधियुक्त शिक्षाको पहुँच पुर्‍याएर बालबालिकालाई आत्मनिर्भर र सक्षम भविष्यतर्फ डो¥याउन हामी लागिपरेका छौं।”

    कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरे, वडा नं ४ का अध्यक्ष वीरबहादुर कुँवर वडा नं १ का अध्यक्ष चेतमान कुँवर, वडा नं ३ का अध्यक्ष पदम विष्ट सहित शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन पोखरेलको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक हरिप्रसाद घिमिरेको स्वागत मन्तव्य तथा शिक्षक हरि विकको सञ्चालनमा सम्पन्न भएको थियो।

    समाजसेवी तथा युवा  व्यवसायी कुवँरले समाजसेवा नै मुल धर्म रहेको र केही सानो सहयोगले समाजलाई सकारात्मक दिशा तर्फ लान मद्दत गर्छ भने सामाजिक कर्म गर्नुपर्ने बताउनुभयो ।

    समापनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन पोखरेलले सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व तथा संस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै प्रकारका सहकार्यले विद्यालयलाई अझ सक्षम र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २०, मंगलवार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP