• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल र भैरहवामा लुब्रिकेन्ट्सको नि:शुल्क सर्भिस क्याम्प हुने

    • lumbinisanjal
    • २०८२ असार ११, बुधबार ११:५३
    6.3K
    SHARES
    बुटवल र भैरहवामा लुब्रिकेन्ट्सको नि:शुल्क सर्भिस क्याम्प हुने

    बुटवल ,११ असार । नेपालका लागि विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड टोटल इनर्जाइजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले बुटवल र भैरहवामा नि:शुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

    कम्पनीले काठमाडौं उपत्यकाबाहिर पहिलोपटक नि:शुल्क सेवा सञ्चालन गर्न लागेको हो ।

    चारपांग्रे र दुईपांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै सर्भिस क्याम्प सञ्चालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ ।

    चारपांग्रे सवारीका लागि असार १२ र १३ गते बुटवलको एडभान्स अटो केयरमा र दुईपांग्रे सवारी साधनका लागि असार १९ र २० गते भैरहवास्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पाट्र्समा सो सेवा सञ्चालन गर्न लागिएको हो ।

    दुवै स्थानमा शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ । शिविरमा सहभागीहरूले आफ्नो सवारीको इञ्जिनको अवस्था नि:शुल्क परीक्षण गराउन सक्नेछन् भने टोटल इनर्जाइज ब्रान्डका उच्च गुणस्तरका लुब्रिकेन्टका विशेषताबारे जानकारी लिन पनि सकिने छ ।

    सो अवसरमा कम्पनीका विज्ञहरूले लुब्रिकेन्टको उपयुक्त प्रयोग, इञ्जिनको सही परीक्षण र सवारीका लागि आवश्यक सर्भिसिङसम्बन्धी सुझावहरू पनि प्रदान गरिने छ ।

    लक्ष्मी ल्युब आयल प्रालिका अनुसार यो कार्यक्रम सवारीधनीहरू, स्थानीय ग्राहक र मेकानिक समुदायसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्नका साथै सवारी साधनको दीर्घकालीन सुरक्षा र इञ्जिन स्वास्थ्यको विषयमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो ।
    कम्पनीले टोटल इनर्जाइजलाई लुब्रिकेशन समाधानको विश्वसनीय नामको रूपमा स्थापित गर्न र आफ्ना ग्राहकहरूसँग अझ नजिकबाट सम्बन्ध विस्तार गर्न यो अभियानलाई सशक्त माध्यमको रूपमा अघि सारेको जनाएको छ ।



    lumbinisanjal   
  • २०८२ असार ११, बुधबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP