• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    माघ २६ मा रेसुङ्गा नगरको तेस्रो सम्मेलन : डा. चन्द्रकान्त भण्डारीले उद्घाटन गर्ने

    • lumbinisanjal
    • २०८१ माघ २१, सोमबार १६:५२
    2.1K
    SHARES
    माघ २६ मा रेसुङ्गा नगरको तेस्रो सम्मेलन : डा. चन्द्रकान्त भण्डारीले उद्घाटन गर्ने

    गुल्मी , माघ २१ । गुल्मीको रेसुङ्गा नगरपालिकामा माघ २६ गते शनिवार नेपाली काँग्रेसकाे तेस्रो नगर सम्मेलन हुने भएको छ । शनिबार नगरपालिकाकाे इन्द्रेनी पार्टी प्यालेसमा नेपाली काँग्रेस, रेसुङ्गा नगरपालिकाकाे तेस्रो नगर सम्मेलन गर्न लागिएको नेपाली काङ्ग्रेस रेसुङ्गा नगरपालिका कार्यसमितिका काेषाध्यक्ष खुम खत्रीले जानकारी दिए ।

    नेपाली कांग्रेसको विधान २०१७ को दशौ संशोधनले परिकल्पना गरे बमोजिम हजार भन्दा बढी कार्यकर्ताको सहभागीता बनाउने लक्ष्य राखिएकाे सचिव गुणाखर पाण्डेले जानकारी दिएका छन् ।

    नगर सम्मेलनकाे तयारी पुरा भएको नेपाली काँग्रेस रेसुङ्गा नगर कार्यसमिति सभापति जयश्वर पन्थीले जानकारी दिए । बिहान ११ बजेदेखि सुरु हुने सम्मेलनमा कृयाशिल सदस्यहरु काँग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुने सभापति पन्थीले बताए । कार्यक्रमकाे उद्घाटन नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य संघीय सांसद डा. चन्द्र भण्डारीले गर्ने छन् ।



    lumbinisanjal   
  • २०८१ माघ २१, सोमबार १६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP