• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १०:४५
    1.8K
    SHARES
    दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

    पश्चिम नवलपरासी, १० जेठ । गएरातीको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरूद्ध भएको हो ।

    केहि दिन अगाडी मात्रै पिच गरिएको सडक उप्किको छ भने सडकको करिव ८ मिटर भाग भासिएको छ । पानी रोकिएकाले अहिले सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

    सडक अवरुद्ध हुँदा बर्दघाट र दुम्किबासमा सवारीहरू रोकिएका छन। सडक अवरुद्ध हुँदा सयौंको संख्यामा यात्रुहरु अलपत्रमा परेका छन् । – गोरखापत्र



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १०:४५
  • #bhaasiyo #daunne sadak

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP