• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    गभर्नरमा पौडेलको चर्चासँगै ४९ अंकले बढ्यो नेप्से

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १६:००
    3.9K
    SHARES
    गभर्नरमा पौडेलको चर्चासँगै ४९ अंकले बढ्यो नेप्से

    काठमाडौं ,६ जेठ ।  नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविज्ञ डा विश्व पौडेल आउने चर्चासँगै आजको शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से इन्डेक्स ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो ।

    आज नेप्सेमा भएको कारोबारमा २२९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आज एउटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल आएन ।

    आज नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबै उपसूचक बढ्न पुगेको छ ।

    आजको कारोबारमा सिन्धु विकास बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गर्न सफल भए भने विन नेपाल लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १६:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP