• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    शाइनो सहकारीद्वारा मानव सेवा आश्रममा भोजन

    • lumbinisanjal
    • २०८२ चैत्र २८, शनिबार २०:५५
    1.7K
    SHARES
    शाइनो सहकारीद्वारा मानव सेवा आश्रममा भोजन

    शाइनो सहकारीको १६ औँ स्थापना दिवस

    बुटवल ,२८ चैत । बुटवल–११ देवीनगरस्थित शाइनो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ स्थापना दिवसलाई औपचारिकतामा सीमित नराख्दै मानवीय सेवासँग जोडेर उदाहरणीय रूपमा मनाएको छ।

    सहकारीले बुटवल–८ सुख्खानगरमा रहेको मानव सेवा आश्रममा आश्रित ५५ जना बेसहारा तथा असहाय व्यक्तिलाई भोजन गराउँदै स्थापना दिवसलाई सार्थक बनाएको हो। सहयोग र सहकार्यको भावनासहित आयोजित कार्यक्रममा सहकारीका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष भोजबहादुर केसीले स्थापना दिवसलाई समाजप्रति उत्तरदायित्व वहन गर्ने अवसरका रूपमा लिइएको बताउनुभयो। “हामीले केवल उत्सव मनाउने होइन, समाजका पीडित र असहाय नागरिकसँग खुसी साट्ने प्रयास गरेका हौं,” उहाँले भन्नुभयो। उहाँका अनुसार सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा प्राथमिकता दिँदै आएको छ।

    प्रमुख अतिथि बुटवल हस्पिटल प्रा.लि.का कार्यकारी विक्रम खड्काले सहकारीको सेवामूलक पहलको प्रशंसा गर्दै यस्ता गतिविधिले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो। “मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो, र यस प्रकारका कार्यले मानवीय भावना अझ बलियो बनाउँछ,” उहाँले उल्लेख गर्नुभयो।

    कार्यक्रममा सहकारीका सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो भने सञ्चालन उपाध्यक्ष यदुमणि पोखरेलले गर्नुभएको थियो। यसै अवसरमा सहकारीले नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २८, शनिबार २०:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP