• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ग्लोबल आईएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ सेवा, कर्जा तथा व्यवसाय विस्तार विषयमा छलफल

    • lumbinisanjal
    • २०८२ कार्तिक २१, शुक्रबार १२:१६
    2K
    SHARES
    ग्लोबल आईएमई बैंक र नास–आईटीबीच डिजिटल बैंकिङ सेवा, कर्जा तथा व्यवसाय विस्तार विषयमा छलफल

    काठमाडौं ,२१ कार्तिक । ग्लोबल आईएमई बैंकले नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरूमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि बैंकका कर्जा योजनाहरू, बैंकिङ सेवा, डिजिटल/नवीनतम बैंकिङ सेवाहरू, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरूलगायत विभिन्न विषयमा छलफल गरिएको थियो ।

    कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तर्क्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए ।

    साथै, बैंकले आमनागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरूसमेत संचालन गरिरहेको जानकारी दिए ।

    बैंक र नास–आईटीबीचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना छ । ग्लोबल आईएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ ।

    ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयरजस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।

    ग्लोबल आईएमई बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक २१, शुक्रबार १२:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP