• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा नगरपालिकालाई  सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिने

    • lumbinisanjal
    • २०८२ बैशाख २१, आईतवार १२:३६
    2.8K
    SHARES
    तिलोत्तमा नगरपालिकालाई  सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिने

    बुटवल ,२१ बैशाख । मानवसेवा आश्रम र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको समन्वयमा वैशाख २३ गते मंगलबार  तिलोत्तमा नगरपालिकालाई  सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गर्ने तयारी भएको छ ।

    मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले २०८२ सालभित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नेपाल घोषणा अभियान सञ्चालन गरिरहेको छ ।

    सोही क्रममा यही वैशाख २३ गते तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल घोषणा गरिने मानवसेवा आश्रमले जनाएको छ । यता तिलोत्तमा नगरपालिकाले पनि उक्त घोषणा अभियानमा सहभागी हुन नगरपालिकाका सबैलाई अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा कार्यक्रममा सवैलाई उपस्थित हुन् अनुरोध गरेका छन् ।

    सरकारले केही दिन अघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा पनि मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मुक्त नेपाल घोषणा गर्ने कार्यक्रम अघि सारिसकेको छ । सोही आधारमा टेकेर मानवसेवा आश्रमले २०८२ लाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त अभियान सञ्चालन गरिरहेको छ ।  



    lumbinisanjal   
  • २०८२ बैशाख २१, आईतवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP