• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल उपमहानगरपालिकाद्वारा श्रमिकहरुलाई सम्मान

    • lumbinisanjal
    • २०८२ बैशाख १७, बुधबार १६:४८
    3.1K
    SHARES
    बुटवल उपमहानगरपालिकाद्वारा श्रमिकहरुलाई सम्मान

    बुटवल, १७ बैशाख । बुटवल उपमहानगरपालिकाले श्रमको  सम्मान गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको  पुर्वसध्यामा आज बुटवल क्षेत्रका सडकमा मकै पोल्ने, सालको पात बेच्ने ,मकै पोल्ने तथा ई-रिक्सा चलाउने  आमा-दिदीबहिनीहरुलाई पालिका हलमा एक कार्यक्रमका बिच नगदसहित सम्मान गरेको हो ।

    नगरले गतसालदेखि यसलाइ निरन्तरता दिएको नगरप्रमुख खेलराज पाण्डेयको भनाइ छ । नगरले उहाँहरुको श्रमको सम्मानका लागि जनही १०/१० हजारको दरले ३० जनालाई गरि ३ लाख बितरण गरेको हो । यसमा कर समेत नकाटी नगद दश-दश हजार दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

    ‘नगरले यसरी सम्मान गरिनु अत्यन्तै सान्दर्भिक र  वास्तविक रुपमै श्रम प्रतिको सम्मान हो भन्ने मलाई लागेको  छ  ।’ नगर प्रमुख पाण्डेयले भन्नुभयो ।

    उपप्रमुख साबित्रादेवी अर्यालले यसप्रकारको उदाहरणीय काम अन्य पालिकाले समेत सिक्नुपर्ने धारणा राख्नुभयो । सम्मानित महिलाहरुले नगरपालिकाले कामको मूल्यांकन गरेकोमा धन्यबाद दिएका थिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख १७, बुधबार १६:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP