• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिवीर सञ्चालन

    • lumbinisanjal
    • २०८२ बैशाख ३, बुधबार २०:४६
    1.6K
    SHARES
    सिद्धार्थनगरमा छाडा कुकुरको बन्ध्याकरण सिवीर सञ्चालन

    भैरहवा, ३ बैशाख । रेविजको प्रकोप न्युनिकरण र छाडा कुकुरको संख्या कम गर्न रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा बुधवारदेखी एक हप्ते ‘छाडा कुकुर बन्ध्याकरण शिविर’ संचालन गरिएको छ । चालु आर्थीक बर्षमा सिद्धार्थनगरले यो सिविर दोस्रो पटक आयोजना गरेको हो ।

    छाडा कुकुर बन्ध्याकरणका लागि सन् २०१० देखि नेपालमा काम गर्दै आएको संस्था हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोग, सिद्धार्थनगर नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, रुपन्देहीको सयुक्त आयोजनामा उक्त शिविर संचालन गरिएको हो । नगर क्षेत्रमा देखा परेका भाले र पोथी छाडा कुकुरलाई नियन्त्रणमा लिई गाडीबाट शिविर स्थलमा ल्याई लठ्याएर बन्ध्याकरण गरिनुको साथै एक बर्षसम्मका लागि हुने गरि रेविजको भ्याक्सिन (खाप) लगाइदिएपछि कुुकरलाई यथास्थानमैं छाडिदिने गरिएको छ ।

    बन्ध्याकरण गरिएको र एक बर्षका लागि रेबिज भ्याक्सिन लगाइएको जानकारीका लागि कुकुरको देब्रे कानमा यु आकारले चिरेर संकेत दिने गरिएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्टका संस्थापक तथा संचालक खगेश्वर भट्टराइले शिविर अवधिमा धेरै भन्दा धेरै कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको बताए । छाडा कुकुरको संख्या कम गरि रेविजको प्रकोप न्युनिकरण गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्ष यो दोस्रो पटक सिवर आयोजना गरेको हो ।

    सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडा कुकुरको बन्ध्याकरण र रेविज भ्याक्सिन कार्यक्रमलाई प्रत्येक बर्ष निरन्तर सचांलन गरीएको र यसले बजारमा छाडा कुकुर धेरै कम हुदै गएको बताए । सन् २०३० सम्ममा बिश्वबाट रेविज उन्मुलन गर्ने अभियान संचालन छ । पशु कल्याण निर्देशिका २०७३ ले कुनै पनि कुकुर मार्न नपाइने व्यवस्था गरेको छ । ‘संख्यामा बृद्धि नहुने गरी कुकुर सबै कुकुर व्यवस्थापन गर्ने हाम्रो उदेश्य हो’, नगर प्रमुख खाँले भने, ‘यस्ता शिविर संचालन गरेर बन्ध्याकरण गरेमा संख्या बृद्धि हुँदैन ।

    खोप पनि लगाइने भएकाले रेविजको जोखिम पनि कम हुन्छ ।’ उनले आफ्रना टोल छिमेकमा बन्याकरण नगरीएका कुकुर भएमा नगरपालिकालाई खवर गरी बन्ध्याकरण अभियानलाई सफल बनाउन समेत उनले नगरवासिलाई आग्रह गरे ।



    lumbinisanjal   
  • २०८२ बैशाख ३, बुधबार २०:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP