• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

    • lumbinisanjal
    • २०८१ चैत्र २७, बुधबार ०६:१४
    3.8K
    SHARES
    रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

    बुटवल ,२७ चैत । “गुणस्तरीय क हाम्रो पहिचान , रोजगारीमा रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनको योगदान ” भन्ने मुल नाराका साथ रुपन्देही मेटल फेब्रिकेशन एसोसियसनले नयाँ बर्ष २०८२ सालको पावन अवसरमा शुभकामना आदानप्रदान एवम भित्तेपात्रो विमोचन कार्यक्रमको आयोजना गरेको छ ।

    मेटल फेब्रिकेशन एसोसिएसनका अध्यक्ष सन्त बहादुए कवँर सन्तोषको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भित्तेपात्रो , उपाध्यक्ष मिलन जिसी , प्रकाशन समितिका संयोजक क्षितिज पाण्डेले , धुर्वमणी ज्ञवाली लागायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रमका अध्यक्ष सन्त बहादुर कवँर सन्तोषले हामी व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको थियो । छोटो समयमै संस्थाले सामाजिक कार्यसंगै दुखमा परेका व्यवसायीहरुलाई मलमपट्टी लाउँदै अघि बढाउने कार्यमा सहयोग गर्ने समस्तमा धन्यवाद ज्ञापन संगै नयाँ बर्षको शुभकामना राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिब विस्वनाथ पाण्डेको रहेको थियो ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र २७, बुधबार ०६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP