• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    त्रिभुवन युनाईटेड एकेडेमीको शुभकामना तथा विधाई कार्यक्रम

    • lumbinisanjal
    • २०८१ चैत्र २४, आईतवार १४:३०
    3.8K
    SHARES
    त्रिभुवन युनाईटेड एकेडेमीको शुभकामना तथा विधाई कार्यक्रम

    बुटवल, २४ चैत । पश्चिम क्षेत्रकै अग्रणी शैक्षिक संस्थाको परिचय बनाएको त्रिभुवन युनाईटेड एकेडेमी बुटवलले शुभकामना आदान प्रदान तथा विधाई कार्यक्रम सम्पन्न गरेको छ ।

    शनिवार होटल पौवा योगिकुटीमा आयोजना गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै उप प्रमुख अर्यालले त्रिभुवन युनाईटेड एकेडेमीले बुटवलको शैक्षिक उन्नयनमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले बुटवल भरिका शैक्षिक संस्थाहरुमा उत्कृष्ट `क´ वर्गमा परेको एकेडेमीले बुटवलको शिक्षा क्षेत्रमा  पुराएको योगदानको चर्चा गर्दै आभार प्रकट गर्नुभयो ।

    कक्षा १२मा अध्ययनरत विद्यार्थीको बार्षिक परिक्षाको पुर्वा सन्ध्यामा आयोजित कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरुले परिक्षामा सफलताको शुभकामना साथै उज्जवल भविष्यको कामना गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेश प्रमुख रमाकान्त तिवारी , वरिष्ट अधिकृत बाबुराम भण्डारी , अभिभावक संघ नेपाल, रुपन्देही जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली , बुटवल उपमहानगरपालिका वार्ड नं.७का वडा अध्यक्ष पदम गाहा , त्रिभुवन युनाइटेड एकेडेमीका अध्यक्ष उमाकान्त बस्याल , त्रिभुवन युनाइटेड एकेडेमीका प्राचार्य शंकर थापा , एकेडेमीका सहप्राचार्य रामचन्द्र बस्याल लगायतले विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना दिँदै राम्रो तयारी गरी परिक्षामा राम्रो नतिजा ल्याउन आग्रह गरेका थिए ।

    एकेडेमीमा कक्षा ११की छात्रा संचिता पाण्डे र सिमा न्यौपानेले सञ्चालन गरेको कार्यक्रमको कक्षा ११का छात्र एन्जल लामगरेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत देखाएका थिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र २४, आईतवार १४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP