• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    धनमुडा चौर समाज बुटवलद्वारा सामाजिक अभियानता क्षेत्रीलाई सम्मान

    • lumbinisanjal
    • २०८१ चैत्र १०, आईतवार ०३:५३
    3.2K
    SHARES
    धनमुडा चौर समाज बुटवलद्वारा सामाजिक अभियानता क्षेत्रीलाई सम्मान

    बुटवल , १० चैत । समाजसेवालाई हृदयको गहिराइदेखि नै आत्मसात गरी जीवनका दर्जनौं बसन्त पार गरिसकेपछि पनि युवा ताजगी र ऊर्जाका साथ समाजमा साधनस्राेत हरेक क्षेत्रमा क्रियाशील भएर अहोरात्र सेवामा समपिर्त गुल्मीको धुर्कोट रजस्थलमा जन्मिएर बुटवलमा कर्मशिल सामाजिक युवा अभियान्ता भरतजंग क्षेत्रीलाई धनमुडा चौर समाज बुटवलले सम्मान गरेको छ।

    निस्वार्थ भावले समाजसेवामा लाग्ने कमै हुन्छन् अहिले परिस्थितिमा असल समाजसेवीहरु असाधारण भावना भएका खुल्ला दिलका मानव हुन् त्यसैले धनमुडा चौर समाजले शिक्षा ,स्वास्थ र खेलकुद कार्यक्रम सङ्गै युवाहरु लाई प्रेणा दिने हेतुले सम्मान गरेको समाजका अध्यक्ष देव थापाले बताउनुभयो।
    विभिन्न संघ–संस्थामा आबद्ध बनी अग्रपंक्तिमा रहेर दिनरात निःस्वार्थ रुपमा समाजसेवामा लागेर प्राप्त गर्ने के हो भन्दा समाजसेवि क्षेत्री भन्छन्– आत्मसन्तुष्टी र खुशी । यहि दुई कुराको लागि मानवताको मैदानमा कुदिरहेको क्षेत्री भन्छन् ।

    सम्मानित भएपछि क्षेत्रीले खुसि व्यक्त गर्दै आफुलाई लायक सम्झेर सम्मान गरेकोमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापा सङ्गै समाजका सबैलाई धन्यबाद दिदै अझै समाजसेवामा क्रियाशील हुन र काम गर्न यो सम्मानले प्रेरणा मिलेको बताए। कार्यक्रम मा के सि सङ्गै विभिन्न माध्यमबाट समाज परिबर्तन का निम्ति लागिपर्ने पत्रकार सहित दन्त चिकित्सकलाई पनि सम्मान गरेको थियो।



    lumbinisanjal   
  • २०८१ चैत्र १०, आईतवार ०३:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP