• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए

    • lumbinisanjal
    • २०८१ चैत्र ७, बिहीबार ०४:५७
    2.9K
    SHARES
    इजरायलको आक्रमण : एकै दिन ७० जना मारिए

    अलजजिरा , ०७ चैत , इजरायल ।  बुधबार इजरायलले गाजामा गरेको आक्रमणमा ७० जनाको ज्यान गएको छ। पहिलो चरणको युद्ध विराम सकिएपछि इजरायलले सुरु गरेको आक्रमणमा १८३ बालबालिकासहित ४४३ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अझ भीषण र डरलाग्दो आक्रमण हुने चेतावनी दिएका छन्। इजरायलले पछिल्लो समय सुरु गरेको जमिन आक्रमणको लक्ष्यसमेत प्रस्ट भएको छ। इजरायलले गाजा क्षेत्रलाई दुई भागमा विभाजित गरेको नृटजारिम कोरिडोर नियन्त्रणमा लिने लक्ष्य राखेको छ।

    गाजाको यो भयावह अवस्थापछि त्यहाँ रहेको राष्ट्र सङ्घीय मिसनमा रहेकाले सुरक्षा परिषद्सँग तत्काल युद्ध रोक्नका लागि पहल आवश्यक रहेको बताएका छन्।

    इजरायलले बेत लाहियामा गरेको आक्रमणमा सबै भन्दा धेरै २४ जना मारिए। त्यसै आक्रमणमा राष्ट्र सङ्घीय कर्मचारीको समेत ज्यान गएको बताइएको छ। केही समय अघि भएको आक्रमणमा १० जनाको ज्यान गएको छ यसैबीच इजरायलले यमनको हाउथी नियन्त्रित क्षेत्रमा लगातार पाँच दिन आक्रमण गरेपछि अमेरिकाले हाउथी समूह निर्मूल हुने चेतावनी दिएको छ।



    lumbinisanjal   
  • २०८१ चैत्र ७, बिहीबार ०४:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP