• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ जेष्ठ १०, शनिबार १०:००
    3.4K
    SHARES
    रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं ,१० जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठक भर्चुअल रुपमा बस्नेछ ।

    सर्वोच्च अदालतले शुक्रबार पार्टी सभापति लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न सचिवालयको बैठक बोलाइएको हो ।

    सर्वोच्चको आदेश लगत्तै शुक्रबार राति बसेको केन्द्रीय सचिवालयको आकस्मिक भर्चुअल बैठकले सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

    रास्वपाले शनिबार नै अपराह्न ४ बजे केन्द्रीय समितिको बैठक पनि बोलाएको छ । यो बैठक पनि भर्चुअल रुपमा बस्नेछ ।

    यस्तै, रास्वपाले आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समितिको बैठक पनि बोलाएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १०, शनिबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP