• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    चन्द्रकोट गाउँपालिकाको नमुना कार्य : हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन भत्ता

    • lumbinisanjal
    • २०८१ चैत्र ५, मंगलवार २०:४४
    2.7K
    SHARES
    चन्द्रकोट गाउँपालिकाको नमुना कार्य : हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन भत्ता

    गुल्मी,०६ चैत । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले देशमै नमुना कार्य अगाडि सारेको छ । गाउँपालिकाले हल गोरु पाल्ने किसानहरूलाई वार्षिक प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । किसानले गोरु पाल्न छोडेकाले प्रोत्साहन गर्नका लागि पालिकाले यस्तो नीति अपनाएको गाउँंपालिका अध्यक्ष युवराज केसीले बताए ।

    गाउँपालिकाले किसानहरूको राहतका लागि प्रतिजोडा गोरु वार्षिक ३ हजार रुपैयाँ दिने योजना ल्याएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । यस योजना अन्तर्गत गाउँपालिकाका ८ वटै वडामा रहेका किसानहरूले लाभ पाउने छन् । हाल संकलित विवरण अनुसार पालिकाभित्र कुल २५८ जोडा गोरु पालिएको देखिएको गाउँपालिकाले जनाएको छन् ।

    गाउँपालिकाले प्रत्येक वडामा किसानहरूले पालिरहेका जोडा गोरुको संख्या संकलन गरेको छ । गाउँपालिकाले यो योजना सञ्चालन गर्न पर्याप्त बजेट छुट्याएको छ । जसअनुसार किसानहरूले भत्ता आफ्नै वडा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

    गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले गाउँका धेरै ठाउँमा ट्र्याक्टर र आधुनिक मेसिन नपुगेको अवस्थामा हल गोरु जोत्ने परम्परा जोगाएर किसानहरूले आफ्नो खेतीपातीलाई जोगाइ रहेकाले उनिहरुको सम्मानका लागि पालिकाले यस्तो नीति ल्याएको बताए ।



    lumbinisanjal   
  • २०८१ चैत्र ५, मंगलवार २०:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP