• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    वेस्टर्न मेगा कलेजमा विद्यार्थीलाई स्वागत

    • lumbinisanjal
    • २०८१ माघ १७, बिहीबार १०:०३
    2.1K
    SHARES
    वेस्टर्न मेगा कलेजमा विद्यार्थीलाई स्वागत

    बुटवल माघ १७ ।  बुटवलमा रहेको नेपालकै पहिलो स्कुटल वेष्टर्न मेगा कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ । चार वर्षे वि.एच.एम. र एम.वि.ए. पठनपाठन हुने उक्त कलेजमा वि.एच.एम. पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थीलाई विहिबार नेपाली चलचित्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो ।
    त्यस अवसरमा बोल्दै चेपाली चलचित्र जगतका महानायक हमालले पछिल्लो समयमा युवाहरु रोजगारी या शिक्षाका लागि विदेश पलायन भईरहेको र यसले भोलीका दिनमा देशको विकासमा पनि प्रभाव पार्ने बताउँदै पलायन भईरहेको जनशक्तिलाई रोक्नको लागि सीपसहितका शैक्षिक कार्यक्रम अपरिहार्य रहेको भनाई राख्नुभयो ।

    उहाँले वेस्टर्न मेगा कलेजले सीप सहितको शैक्षिक जनशक्ति उत्पादनमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसरी उत्पादन भएका जनशक्तिलाई स्वदेशमै प्रयाप्त रोजगारी दिन सक्नेगरी औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान स्थापना हुनुपर्ने पनि भनाई राख्नुभयो । सीपयुक्त जनशक्ति उत्पादन हुने तर रोजगारीको अवसर सिजर्ना नहुने भयो भने उत्पादित जनशक्ति वैदेशिक रोजगारीमै जानुपर्ने भएकाले उत्पादित जनशक्ति खपत गर्न सक्नेगरी प्रयाप्त रोजगारीको अवसर सिर्जना पनि गर्न सक्नुपर्ने भनाई राख्नुभयो ।
    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १५ का अध्यक्ष शिव रानाले आरम्भ रिसोर्ट र वेस्टर्न मेगा कलेजको स्थापनाले त्यस क्षेत्रको पहिचान नै बदलेको बताउँदै त्यस होटलले दिने हस्पिटालिटि र कलेजले दिने सीप सहितको शिक्षाले उत्पादित जनशक्तिको व्यवस्थापनमा कुनै समस्या नदेखिएको भनाई राख्नुभयो ।

    त्यस्तैगरी वेस्टर्न मेगा कलेजका अध्यक्ष मेघराज पन्थले कलेजले सीप सहितको शिक्षालाई प्राथमिकता दिएको बताउँदै उत्पादित जनशक्ति खाली बस्नुपर्ने अवस्था नरहेको जानकारी गराउनु भयो । त्यसैगरी कलेजका प्रिन्सीपल अधिवक्ता किशु शर्माले विद्यार्थीलाई पाठ्यक्रम बाहेक पनि दक्ष जनशक्ति उत्पादनका लागि रचनात्मक ज्ञान र सीपको विकास गर्नेगरी अतिरिक्त कार्यक्रमहरु सञ्चालन गरिँदै आएको जानकारी गराउनु भयो ।

    वि.एच.एम. तेस्रो वर्षका विद्यार्थी सुजन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कलेजकी कर्मचारी सविता अधिकारी, विद्यार्थी सुस्मा गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा विद्यार्थीहरुले सांस्कृतिक सांस्कृति कार्यक्रम सहित नेपाली परम्परागत सांस्कृतिक प्रदर्शनी गरेका थिए ।

     



    lumbinisanjal   
  • २०८१ माघ १७, बिहीबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP