• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीद्वारा उत्कृष्ट उद्यमी सम्मानित

    • lumbinisanjal
    • २०८१ चैत्र ३, आईतवार १५:०४
    3.9K
    SHARES
    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीद्वारा उत्कृष्ट उद्यमी सम्मानित

    गुल्मी , ०३ चैत । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जिल्लाका ४ उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर परेर जिल्लाका विभिन्न स्थानमा विभिन्न व्यवसाय गर्ने उद्यमी कृषकहरुलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेहरुमा जिल्लाको धुर्कोट गाउँपालिका–६ का अर्याल पशुपंक्षी फर्मका सञ्चालनक मेघनाथ अर्याल, छत्रकोट गाउँपालिका वडानम्बर–५ का सिद्धिविनायक कउषि पशुपंक्षी फर्मका सञ्चालक डालप्रसाद पन्थी रहेका छन् । त्यस्तै धुर्कोट गाउँपालिका–२ का खनाल सुन्तला फर्मका सञ्चालक केशवराज खनाल, धुर्कोट गाउँपालिका–२ का खनाल मौरी तथा सुन्तला फर्मका सञ्चालक पार्वती खनाल सम्मानित भएका हुन् ।

    सम्मानित हुनेहरुलाई लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जनही २५ हजारका दरले सम्मान गरेका हुन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उत्कृष्ट उद्यमी सम्मान गर्न आवेदन खुलाएको थियो । त्यसैको आधारमा उद्यम तथा रोजगारी सृजना लगायतका विभिन्न आधारहरु छनोट गरेर सम्मान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए । सोहि कार्यक्रमा जिल्ला सहकारी संघ गुल्मीलाई कफी प्रशोधन गर्ने मेसिन प्रदान गरिएको थियो । त्यस्तै जिल्लाको इस्मा गाउँपालिकामा सञ्चालनमा आएको ढुंगा काट्ने उद्योगलाई पनि मेसिन प्रदान गरिएको कार्यालय प्रमुख आर्यालले बताए । उत्कृष्ट उद्यमी सम्मान गर्दै लुम्बिनी प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले यस्ता खालका सम्मनले उद्यमी कृषकलाई प्रोत्साहन गर्ने बताए ।

    पछिल्लो समय खानपान लगायतको कारणले विभिन्न खालका रोगहरु निम्ति रहेकाले उपभोक्ताले वस्तु किन्दा सचेत हुनुपर्नेमा जोड दिए । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा गुल्मी उद्योग वाणिज्य संघ अध्यक्ष इश्वरीप्रसाद पौडेल, चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विश्व उपभोक्ता अधिकार दिवसको बारेमा विभिन्न खालका धारण राखेका थिए । उनिहरुले बिक्रेता उपभोक्ता सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा नेपाल पत्रकार महासंघ गुल्मीका निर्वतमान अध्यक्ष टोपलाल अर्यालले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । सोहि कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–६ मा महिलाहरुका लागि सञ्चालन गरिएको उद्यम विकास तालिममा सहभागीलाई प्रमानपत्रले सम्मन गरिएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३, आईतवार १५:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP