• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अस्पतालमा अलपत्र आठ महिने शिशुको जिवन बचाइदिन आग्रह

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार १०:५०
    3K
    SHARES
    अस्पतालमा अलपत्र आठ महिने शिशुको जिवन बचाइदिन आग्रह

    हुमाकान्त पाेखरेल 

    गुल्मी, १२ फाल्गुन । गुल्मी अस्पतालको बेड नम्बर चार , आठ महिने शिशुको मुखमा दमका बिरामीले लगाउने अक्सिजन माक्स ,छेवैमा उनकी आमा , आमा सुमित्रा परियारले न त कान सुन्छिन्, न त बोल्न नै सक्छिन् ,केही दिनदेखि गुल्मी अस्पताल जाने जो कोहीले बेड नम्बर ४ को बिरामीलाई नियालिरहेका छन् ।

    यो दृष्य हो, गुल्मी अस्पतालभित्र आर्थिक अभावले अलपत्र एक शिशुको । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ छाप निवासी सुमित्रा परियार आठ महिनाकी सुत्केरी हुनुहुन्छ । उहाँको छोरा साहारा परियारलाई निमोनिया भएपछि छिमेकीले फागुन ९ गते गुल्मी अस्पताल ल्याए । १० गतेबाट अस्पतालले छोरालाई भर्ना लियो ।

    भर्नापश्चात अस्पतालले चेकजाँजपछि बच्चालाई बुटबल रेफर गर्यो । तर आर्थिक अभावले सुमित्राले छोरालाई बुटबल लैजान सक्नुभएको छैन । जसले गर्दा आर्थिक अभावले गुल्मी अस्पतालमै आठ महिने शिशु अलपत्र परेका छन् ।

    अस्पतालकी डाक्टर विद्या पन्थी सुनारले बच्चालाई बढी मात्रामा नियोनिया भएकोले तुरुन्तै रेफर गर्नुपर्ने बताउनुभयो । ‘बढी मात्रामा निमोनिया देखिएको छ, बिरामीलाई आइसियु वा भेन्टिलेटरको आवश्यकता देखिएको छ ।’ उहाँले भन्नुभयो ।

    बिरामीलाई जतिसक्दो छिटो सुविधासम्पन्न अस्पतालमा लैजान अस्पतालले सुझाव दिएको सुनारले बताउनुभयो । अहिले अस्पतालले सामाजिक सुरक्षा कोषबाट खाना र औषधीको व्यवस्था गरेको छ । तर रेफर हुने खर्च नहुँदा लैजान नसकिएको सावित्राका बुवा भेषबहादुर कामीले बताउनुभयो । ‘अलिअलि भएको पनि यही अस्पतालमा सकियो, छोरीका घरपरिवारले हेर्दैनन् ।’ उहाँले भन्नुभयो, ‘नातीको मुख हेरेर अस्पतालमै बस्नुबाहेक मेरो कुनै विकल्प छैन ।’

    सावित्राको दुई बर्षअघि छापका काकु परियारसँग बिवाह भएको थियो । काकुका घरमा पनि बुवा, जेठो दाई र माइलो दाई पनि अपाङ्ग छन् । काकु पनि आफैमा अपाङ्ग छन् । विवाह भएको केही समयसम्म सम्बन्ध ठिकै रहेपनि अहिले घर परिवारले वास्ता नगरेका कारण सावित्रा माइतिकै सहारामा हुनुहुन्छ ।

    बुवा भेषबहादुरले नातीको जिवन बचाइदिन सबैसँग आग्रह गर्नुभयो । बुटबलसम्म लैजाने र सामान्य औषधी गर्ने खर्च भए छोरी र नातीलाई जतिसक्दो बुटबल अस्पताल लैजाने चाहाना भएको उहाँले बताउनुभयो । रेफरपश्चात पनि बच्चाको उपचारमा लाग्ने रकम भने निश्चित भइसकेको छैन ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार १०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP