• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    युवकले आफ्नै शरीरमा आगो लगाएपछी …

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार ०६:२८
    4.2K
    SHARES
    युवकले आफ्नै शरीरमा आगो लगाएपछी …

    झापा , ०१ चैत । झापाको कनकाई नगरपालिकामा ४ कोटीहवनमा एक युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् । कन्काई नगरपालिका ४ स्थित कोटीहवन कनकाई सामुदायिक वन नजिक सुनसरी इनरुवा ९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले बिहीबार दिउसो १२ः२५ बजे आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका हुन् ।

    उनलाई स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको लागि लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचाकारका लागि विराटनगर लगिएको छ । हाल गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ । विगत ३–४ दिनदेखि बिर्तामोड ४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकासँग हिँड्दै गर्दा उनीहरूबिच विवाद भएको थियो ।

    विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । सँगै आत्मदाह गर्ने कोसिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएका थिए । घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको ६० प्रतिशत भाग जलेको इलाका प्रहरी कार्यालय खुरुङ्गाले जनाएको छ । – गोरखापत्रअनलाइनमा खवर छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार ०६:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP