• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    सुप्रिम सहकारी ठगी प्रकरण: पूर्वडिआइजी छविलाल जोशी कारागार चलान

    • lumbinisanjal
    • २०८१ माघ २८, सोमबार १६:१०
    2.8K
    SHARES
    सुप्रिम सहकारी ठगी प्रकरण: पूर्वडिआइजी छविलाल जोशी कारागार चलान

    बुटवल , २८ माघ । बुटवलको सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशीलाई जिल्ला अदालत रूपन्देहीले पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको छ । अदालतमा सोमबार उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

    जिल्ला न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका श्रेस्तेदारले यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । उनका अनुसार हाल थुनामा पठाउने र पछि ठहरे बमोजिम हुने भनेर आदेश भएको हो। सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए। यस्तै, जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेको थिए।

    अदालतको आदेश लगत्तै जोशीलाई जिल्ला कारागार रूपन्देहीमा लगिएको जिल्ला कारागार रूपन्देहीका प्रमुख जगत बहादुर बस्नेतले बताए। बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको भन्दै जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतविरूद्ध रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।

    जोशी गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष एवं सञ्चालन हुन् भने लामिछाने प्रबन्ध निर्देशक थिए। यसअघि रूपन्देही अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटी लिएर छोडेको थियो।



    lumbinisanjal   
  • २०८१ माघ २८, सोमबार १६:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP