• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

    • lumbinisanjal
    • २०८३ भाद्र ३, बुधबार ०९:५३
    364
    SHARES
    पहिरोले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

    बुटवल । पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    बुधबार बिहान तिनाउ गाउँपालिका– ३, हेडबक्सनजिकै सिद्धबाबा सुरुङमार्ग (पाल्पातर्फबाट इन हुने प्वाइन्टको १०० मिटर उत्तरतर्फ) सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

    उनका अनुसार सडक माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले तत्कालै सडक खुलाउन असम्भव देखिएको छ । ‘अहिले पनि सडक माथिबाट पहिरो झर्ने क्रम रोकिएको छैन,’ प्रहरी नायब उपरीक्षक भट्टराईले भने, ‘पहिरो नरोकिएसम्म मेसिन पठाएर पहिरो पन्छाउन सक्ने अवस्था छैन ।’ सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए ।

    उक्त स्थानमा प्रहरी चौकी दोभानबाट पाँच जनाको टोली खटिएको छ । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा जान हिँडेका सवारीसाधन बीच सडकमा अलपत्र परेका छन् । सिद्धार्थ राजमार्ग भएर बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, स्याङजा, पोखरा, बेनी, मुस्ताङलगायतका स्थानमा जाने र बुटवलतर्फ आउने सवारी साधन चल्ने गर्छन् ।



    lumbinisanjal   
  • २०८३ भाद्र ३, बुधबार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP