• २०८३ भाद्र ८ | Mon, 24 Aug 2026
  • Dark Mode

          Subscribe

    रोहिणीका बासिन्दाले ५८ वर्षपछि पाए लालपुर्जा

    • lumbinisanjal
    • २०८३ श्रावण २२, शुक्रबार १४:०९
    169
    SHARES
    रोहिणीका बासिन्दाले ५८ वर्षपछि पाए लालपुर्जा

    बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका बासिन्दाले नापी भएको ५८ वर्षपछि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन्।

    २०२५ सालमा गाउँ ब्लकका रूपमा छुट्याइएको यो क्षेत्रमा ३२४ वटा दर्ता कायम भएका थिए। त्यसमध्ये २७१ वटा लालपुर्जा सम्बन्धित जग्गाधनीलाई वितरण गरिएको छ।

    लालपुर्जा प्राप्त भएसँगै जग्गाको स्वामित्व कानुनी रूपमा सुनिश्चित भएको छ। अब किनबेच, बैंकिङ कारोबार तथा अन्य प्रशासनिक सेवा लिनसमेत सहज हुने स्थानीय बासिन्दाले अपेक्षा गरेका छन्।

    दशकौँदेखि आफ्नो जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्रको प्रतीक्षामा रहेका उनीहरू लालपुर्जा पाएपछि खुशी देखिएका छन्।



    lumbinisanjal   
  • २०८३ श्रावण २२, शुक्रबार १४:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP