• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त

    • lumbinisanjal
    • २०८३ असार १९, शुक्रबार ११:३७
    572
    SHARES
    कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त

    बुटवल । नेपाली कांग्रेसले आफ्नो नीति प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ।

    कांग्रेसले आज (शुक्रबार) बिहान विज्ञप्ति जारी गरी पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधानबमोजिम साउन १ देखि लागु हुने गरी डा. आचार्य (भक्तपुर) लाई प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको जानकारी गराएको हो।

    नेपाली कांग्रेसमा उपसभापति शर्मा प्रचार विभाग प्रमुख हुँदा आचार्य उपप्रमुख थिए। यस्तै कांग्रेसका तत्कालीन उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले पनि आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष आचार्य लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन्।

    कांग्रेस र एमाले गठबन्धन सरकारले आचार्यलाई राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त बनाएको थियो।

    तर रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेपछि आचार्य राष्ट्रिय सूचना आयोगबाट बिदा भएका थिए।



    lumbinisanjal   
  • २०८३ असार १९, शुक्रबार ११:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP