• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    मेस्सीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सानदार जित

    • lumbinisanjal
    • २०८३ असार ३, बुधबार ०९:००
    767
    SHARES
    मेस्सीको ह्याट्रिकमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सानदार जित

    बुटवल ,३ असार । स्ट्राइकर लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूआत गरेको छ ।

    अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेसँगै नतिजा ३-० को स्थितिमा आएको हो । सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए ।

    अल्जेरियाविरुद्ध खेलको पहिलो हाफमा उनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको १७ औँ मिनेटमा उनले पहिलो गोल गरेका थिए ।

    जर्सी नम्बर १० का यी दिग्गज खेलाडीले मैदानको बीचभागबाट बल नियन्त्रणमा लिँदै पेनाल्टी एरियामा अघि बढेका थिए । अल्जेरियाका गोलकिपर जिदानलाई छक्याउँदै देब्रे खुट्टाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो ।

    दोस्रो हाफको ५८ औँ मिनेटमा उनले दोस्रो गोल गरेका थिए । यस्तै, खेलको ७६औँ उनले तेस्रो गोल गरे । विश्वकपमा मेस्सीको गोल संख्या १६ पुगेको छ । उनी सर्वाधिक स्कोर गर्ने दोस्रो खेलाडी बनेका छन् ।

    अल्जेरियासँगको ह्याट्रिकसँगै उनले जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको रेकर्डसँग बराबरी गरेका हुन् ।

     



    lumbinisanjal   
  • २०८३ असार ३, बुधबार ०९:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP