• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    लोपोन्मुख घडियाल संरक्षणमा शाइन रेसुङ्गा बैंकको पहल, सचेतना कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १६:२६
    247
    SHARES
    लोपोन्मुख घडियाल संरक्षणमा शाइन रेसुङ्गा बैंकको पहल, सचेतना कार्यक्रम सम्पन्न

    बुटवल, २२ जेठ । सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ले लोपोन्मुख जलचर प्रजाति तथा जैविक विविधता संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

    नवलपरासीको रामग्राम–१७, सरावल–३ र पाल्हीनन्दन–६ को संगमस्थल झरही र पिहुरा नदीको दोभान क्षेत्रमा आयोजित कार्यक्रममा करिब १३० जना स्थानीय बासिन्दा, विद्यार्थी, माछा मार्ने समुदाय तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
    कार्यक्रममा लोपोन्मुख घडियाल गोही तथा जलचर पारिस्थितिकीय प्रणालीको संरक्षण सम्बन्धी जानकारीमूलक अन्तरक्रिया गरिएको थियो। साथै स्थानीय समुदायलाई नदी तथा जलचर जीवजन्तुको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिएको थियो।

    कार्यक्रमको विशेष आकर्षणका रूपमा घडियालको प्राकृतिक बासस्थानमा ५० किलोग्राम जीवित माछा आहारका रूपमा छाडिएको थियो। यसले घडियाल संरक्षणसँगै नदी प्रणालीको जैविक सन्तुलन कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ।
    सहभागीहरूले यस्ता कार्यक्रमले संरक्षणप्रति समुदायमा सकारात्मक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

    बैंकले वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना तथा दिगो सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP