• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बाजुरा-हुम्ला सीमा विवादबारे कर्णालीका मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

    • lumbinisanjal
    • २०८३ जेष्ठ ८, शुक्रबार ०६:०९
    338
    SHARES
    बाजुरा-हुम्ला सीमा विवादबारे कर्णालीका मुख्यमन्त्रीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

    बाजुरा , ८ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।

    मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई आज एक पत्र लेख्दै विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यहाँका नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भइ जनजीवन प्रभावित भएको उल्लेख गरेका छन् ।

    मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई लेखेको पत्रमा दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजकता अपनाउनुपर्नेमा समेत जोड दिएका छन् ।

    मुख्यमन्त्री कँडेलले विवाद समाधानका लागि संघीय सरकारले आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै तत्काल कदम चाल्न पनि अनुरोधसमेत गरेका छन् ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ८, शुक्रबार ०६:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP