• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    रुपन्देही–२ मा कांग्रेसले उतार्‍यो चुन्न्

    • lumbinisanjal
    • २०८२ माघ ५, सोमबार २३:३५
    2.4K
    SHARES
    रुपन्देही–२ मा कांग्रेसले उतार्‍यो चुन्न्

    चार पटक विजयी विष्णु पौडेलका सामु उद्योगी चुन्नप्रसाद पौडेल, चुनाव विकास बनाम निरन्तरताको बहसमा

    बुटवल, ०५ माघ । नेपाली कांग्रेसले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी चुनावलाई विकासको एजेण्डा सँग जोड्दै चर्चित उद्योगी तथा उद्यमी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

    पार्टीका महासमिति सदस्यसमेत रहेका पौडेल व्यवसायिक सफलतासँगै युवामाझ लोकप्रिय र सामाजिक उत्तरदायित्वमा सक्रिय व्यक्तित्वका रूपमा चिनिन्छन्। कांग्रेसले उनलाई मैदानमा उतारेसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रत्यक्ष चुनावी भिडन्त तय भएको छ।

    विष्णु पौडेलले २०६४ यता रुपन्देही–२ बाट लगातार चार पटक चुनाव जित्दै आएका छन्। तर यसपटक कांग्रेसले ‘निरन्तरता होइन, विकास’ को बहस अघि सार्दै नयाँ विकल्प प्रस्तुत गरेको स्थानीय विश्लेषण छ।

    चुन्न उम्मेदवार बनेसँगै उद्योगी, व्यवसायी तथा स्थानीय समुदाय एकै ठाउँमा उभिने संकेत देखिएको छ। स्थानीयका अनुसार स्वास्थ्य, शिक्षा, खेलकुदजस्ता क्षेत्रमा औपचारिक जनप्रतिनिधि नभए पनि पौडेलको योगदान उल्लेखनीय रहँदै आएको छ।

    यसैबीच, विष्णु पौडेलमाथि बुटवलको अस्थायी राजधानी दाङ सारिएको विषयलाई लिएर विगतदेखि नै आलोचना हुँदै आएको छ। सो निर्णयपछि अर्थमन्त्री बनेको आरोपसमेत राजनीतिक बहसको विषय बनेको थियो ।

    अघिल्लो निर्वाचनमा कांग्रेसको आधिकारिक उम्मेदवार नहुँदा मत अन्यत्र डाइभर्ट भएको भन्दै यसपटक ती मतहरू सहजै चुन्नप्रसाद पौडेलतर्फ केन्द्रित हुने जानकारहरू बताउँछन्। यसले रुपन्देही–२ को चुनावलाई सबैभन्दा चासोपूर्ण र निर्णायक प्रतिस्पर्धा बनाउने संकेत देखिएको छ।



    lumbinisanjal   
  • २०८२ माघ ५, सोमबार २३:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP