• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी अब भाइटलमा

    • lumbinisanjal
    • २०८३ बैशाख १९, शनिबार १९:३९
    793
    SHARES
    वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. सन्देश पन्थी अब भाइटलमा

    बुटवल, १९ वैशाख। लुम्बिनी प्रदेशका बिरामीका लागि राहतको खबर आएको छ। अब सुगर, थाइराइड तथा हर्मोनसम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुने भएको छ। काठमाडौंस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा कार्यरत वरिष्ठ विशेषज्ञ डा. सन्देश पन्थीले बुटवलको भाइटल मल्टिस्पेसियलिटी क्लिनिकबाट नियमित सेवा दिन थालेका छन्।

    बुटवलको हस्पिटल लाइन, लुम्बिनी सिटी अस्पताल अगाडि नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको भाइटल मल्टिस्पेसियलिटी क्लिनिकमा हाल विभिन्न रोगहरूको उपचार सेवा उपलब्ध हुँदै आएको छ। क्लिनिकका अनुसार डा. पन्थी प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार बुटवलमै उपस्थित भई बिरामी जाँच तथा परामर्श दिनेछन्।
    विशेषज्ञका अनुसार सुगर, थाइराइड तथा हर्मोन असन्तुलनका समस्या सुरुमा सामान्य देखिए पनि समयमै उपचार नगरे गम्भीर बन्न सक्छन्। अत्यधिक प्यास लाग्ने, धेरै पिसाब लाग्ने, अत्यधिक थकान महसुस हुने, तौल घट्ने वा बढ्ने, निद्रामा समस्या, छाला तथा कपालमा परिवर्तन, मानसिक तनाव बढ्ने तथा महिलामा महिनावारी अनियमित हुने जस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनुपर्ने उनले सुझाव दिएका छन्।
    यी रोगहरू पूर्ण रूपमा निको हुनेभन्दा पनि नियमित औषधि सेवन, जीवनशैली व्यवस्थापन र चिकित्सकीय निगरानीमार्फत नियन्त्रणमा राख्न सकिने चिकित्सकको भनाइ छ।
    स्थानीयमै विशेषज्ञ सेवा उपलब्ध भएसँगै रुपन्देहीसहित आसपासका जिल्लाका बिरामीलाई सहज, सुलभ र गुणस्तरीय उपचार सेवा प्राप्त हुने विश्वास गरिएको छ।
    भाइटल मल्टिस्पेसियलिटी क्लिनिकमा फिजिसियन, नाक–कान–घाँटी (ENT), हाडजोर्नी, न्युरोसर्जरी, स्त्री तथा प्रसूति, क्यान्सर, मनोरोग लगायतका विशेषज्ञ सेवाहरू निरन्तर रूपमा सञ्चालनमा रहेका छन्। साथै भाइटलमा प्याथालोजी सेवा सञ्चालनमा रहेको र शीघ्र दाँत सम्बन्धि सेवा सञ्चालनमा ल्याउदै छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख १९, शनिबार १९:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP