• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अपाङ्गता भएका व्यक्तिको लागि सहायक सामग्री वितरण

    • lumbinisanjal
    • २०८१ चैत्र २३, शनिबार १६:४६
    2.5K
    SHARES
    अपाङ्गता भएका व्यक्तिको लागि सहायक सामग्री वितरण

    नगेन्द्र केसी , बुटवल चैत २३ । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”भन्ने मुल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समाग्री वितरण एवम् घर दैलो कार्यक्रम शनिबार सम्पन्न भएको छ।

    शुद्धोदन अपाङ्ग संघ शुद्धोदन-४ को आयोजनामा र शुद्धोदन गाउँपालिकाको कार्यालय मानपकडीको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक समग्री वितरण एवम् घर दैलो कार्यक्रम गरिएको थियोे। उक्त समग्री वितरण एवम् घरदैलो कार्यक्रममा शुद्धोदन अपाङ्ग संघका अध्यक्ष विष्णुबहादुर थापाको अध्यक्षता र शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतमा वडाका सातै वडाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको घर घरमै पुगेर ७ वटा व्हीलचेयर,१० जोडी बैशाखी,१ वटा वाकर,४ वटा सेतोछडी,१ बेबि स्टोलर वितरण गरिएको शुद्धोदन अपाङ्ग संघका अध्यक्ष विष्णुबहादुर थापाले बताउनुभयो । 

    शुद्धोदन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले अपाङ्गता भएका व्यक्तिहरूलाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा पालिका अध्यक्ष बस्यालले अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गर्ने सरकारी मापदण्डको कार्यान्वयनमा राज्य संयन्त्रहरु नै कमजोर रहेको बताउँदै अपाङ्गको क्षेत्रमा मिलेर धेरै काम गर्न आवश्यक रहेको र आगामी दिनहरुमा ठुलो बजेटमा धेरै अपाङ्गता भएका व्यक्तिहरु समेटीने गरि काम गरिने अध्यक्ष बस्यालले बताउनुभयो ।

    उक्त कार्यक्रममा शुद्धोदन ५ का वडा अध्यक्ष चन्द्रभान चौधरी,वडा नम्बर ४का वडा अध्यक्ष पालिका प्रव्क्ता केशवप्रसाद अधिकारी,वडा नम्बर ७ का वडा अध्यक्ष भीम नारायण चौधरी,शुद्धोदन अपाङ्ग संघका सचिव सागर क्षेत्री,शुद्धोदन अपाङ्ग संघका सदस्य विष्णुप्रसाद अधिकारी,रामप्रसाद थारु ,इन्द्रराज थारु,संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।



    lumbinisanjal   
  • २०८१ चैत्र २३, शनिबार १६:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP