• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    विकासमा वस्तुको निरन्तर दबदबा: धुर्कोटका अन्य वडा पछि परे

    • lumbinisanjal
    • २०८३ बैशाख ८, मंगलवार १३:११
    13.6K
    SHARES
    विकासमा वस्तुको निरन्तर दबदबा: धुर्कोटका अन्य वडा पछि परे

    गुल्मी , ८ बैशाख । गुल्मीको धुर्कोट गाउँपालिकामा चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म आइपुग्दा वडागत रूपमा पुँजीगत खर्चमा उल्लेख्य अन्तर देखिएको छ। सार्वजनिक तथ्यांकअनुसार वडा नं. ५ वस्तु पुनः एकपटक उत्कृष्ट बन्दै लगातार तेस्रोपटक अग्रस्थानमा देखिएको छ।

    वडागत विवरणअनुसार वडा नं. १ नयाँगाउँले ८३.४४ प्रतिशत, वडा नं. २ पिपलधाराले २०.८७ प्रतिशत, वडा नं. ३ हाडहाडेले ७२.७३ प्रतिशत, वडा नं. ४ जैसीथोकले ३०.८९ प्रतिशत, वडा नं. ५ वस्तुले ८९.२९ प्रतिशत, वडा नं. ६ रजस्थलले ७४.१४ प्रतिशत र वडा नं. ७ वाग्लाले २४.८७ प्रतिशत पुँजीगत खर्च गरेका छन्।

    तथ्यांकले वडा नं. ५ वस्तु विकास खर्चमा निरन्तर अग्रता कायम राख्न सफल भएको देखाउँछ भने केही वडामा खर्चको गति अझै सुस्त देखिएको छ। वडा नं. ५ का वडा अध्यक्ष केशवराज भण्डारीले लगातार तेस्रोपटक उत्कृष्ट बन्न सफल भएकोमा खुसी व्यक्त गर्दै भने, “यो सफलता टिमवर्क, पारदर्शिता र जनताको साथकै परिणाम हो। योजना छनोटदेखि कार्यान्वयनसम्म जिम्मेवार ढंगले काम गरेका छौं। आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी काम गर्दै वस्तुलाई नमुना वडा बनाउने लक्ष्य छ।”

    गाउँपालिकाभित्र वडागत रूपमा देखिएको खर्च असन्तुलनले विकास योजनाको कार्यान्वयनमा चुनौती देखिए पनि पछाडि रहेका वडाहरूले गति बढाउने अपेक्षा गरिएको छ। गाउँपालिकाले सबै वडालाई सक्रिय बनाउँदै विकास निर्माणलाई थप तीव्रता दिने जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ८, मंगलवार १३:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP