• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध

    • lumbinisanjal
    • २०८३ बैशाख ६, आईतवार ०८:३८
    455
    SHARES
    बीपी राजमार्गको डाइभर्सन बगायो, सवारी आवागमन अवरुद्ध

    काठमाडौं ,६ बैशाख । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँका डाइभर्सनहरू बगाएका कारण सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रोशी खोलामा शनिबार राति पानीको बहाव अचानक बढ्दा डाइभर्सन बगाएकाे हाे ।

    राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने प्रहरीले जनाएको छ । सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    “बीपी राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएको कारण सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्नुहुन अनुरोध गर्दछौँ,” प्रहरीले सूचना जारी गर्दै भनेको छ ।



    lumbinisanjal   
  • २०८३ बैशाख ६, आईतवार ०८:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP