• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार १२:३६
    442
    SHARES
    अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता

    बुटवल , ४ बैशाख । अस्पतालमा उपचार गराइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न नेकपाका संयोजक प्रचण्ड टिचिङ अस्पतालमा भेटवार्ता भएको छ।

    पत्थरीको अप्रेसपछि उपचाररत् ओलीलाई भेट्न बिहीबार उनी अस्पताल पुगेका थिए।

    ‘हिजो अस्पतालले अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सार्‍यो, त्यसपछि स्वास्थ्यलाभको काम गर्न प्रचण्ड कमरेड पुग्नु भएको थियो’, एमाले सचिव भानुभक्त ढकालले नेपालखबरसँग भने, ‘भेटवार्ता स्वास्थ्य लाभसँग सम्बन्धित थियो।’

    नेकपा नेताहरुका अनुसार दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको भएको थियो। एमाले–नेकपा एकीकरणको चर्चा भइरहँदा शीर्ष नेतृत्वबीच भेटवार्ता भएको विषयलाई अर्थपूर्ण मानिएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP