• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    पत्रकार महासंघको पूर्ण बैठकमा महिला पत्रकारमाथि ‘यौन दुर्व्यवहार, राती नै होटलबाट फरार

    • lumbinisanjal
    • २०८३ बैशाख १, मंगलवार १३:४५
    7.7K
    SHARES
    पत्रकार महासंघको पूर्ण बैठकमा महिला पत्रकारमाथि ‘यौन दुर्व्यवहार, राती नै होटलबाट फरार

    काठमाडौं ,१ बैशाख ।  नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठक हेटौँडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा जारी छ । चैत्र २८ गते शनिबारदेखि जारी बैठकमा एक महिला केन्द्रिय सदस्यमाथि महिला हिंसाजन्य दुर्व्यवहार भएको पाइएको छ ।

    महासंघको केन्द्रीय सदस्य विकास प्रसाद बञ्जाडेले मदिराले लठ्ठिएर महिला संचारकर्मी समेत रहेकी एक पत्रकारलाई संवेदनशिल अंगमा हात लगाउनेदेखि चरम दुर्व्यवहार गरेपछि उनी बसेको होटलमा प्रहरी परिचालन गरिएको छ ।

    शनिबार साँझ बञ्जाडेले ती पत्रकारलाई हात लगाउने कार्य गरेपछि महिला पत्रकारले २ झापड लगाएको सहभागी एक पत्रकारले बताए । घटनाको विषयमा पीडित महिला पत्रकारले प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरेर मौखिक उजुरी गरेपछि प्रहरी आएको थियो । तर, प्रहरी त्यहाँ पुग्दा उनी अगाडी नै भागेर कपिलवस्तु पुगेकाे पाइएकाे छ ।

    बञ्जाडेले यस अघि गत असारमा पोखरामा सम्पन्न केन्द्रिय समितिको बैठकमा समेत छुन खोज्ने, ‘चेली’ भन्दै नजिक हुन खोजेको पीडितले बताइन् ।होटलका एक कर्मचारीका अनुसार बञ्जाडेले दिउँसैदेखि काउन्टरमा कार्यरत कर्मचारीसंग रक्सी माग्दै खाइरहेका थिए । ‘रक्सीले मात्तिएर दिउँसै देखि मलाई छुने प्रयास भएको थियो । साँझ खानाखानेबेलामा त पराकाष्ठ नै भएपछि मैले प्रतिवाद गरेँ,’ पीडित महिला पत्रकारले भनिन्,‘मैले यो पीडा सहनै सकेको छैन । मैले प्रहरीलाई खबर गर्ने भनेपछि उ रातारात भागेर कपिलबस्तु पुगेको रहेछ ।

    महिला पत्रकारमाथि दुर्व्यवहार गर्ने बञ्जाडे नेपाल टेलिभिजनबाट कपिलवस्तुबाट रिपोर्टर समेत हुन् ।

    पत्रकार बञ्जाडेलाई नेपाल पत्रकार महासंघले निष्काशीत गरिसकेको छ । – diyopost



    lumbinisanjal   
  • २०८३ बैशाख १, मंगलवार १३:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP