• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री

    • lumbinisanjal
    • २०८२ चैत्र २७, शुक्रबार १४:३२
    754
    SHARES
    रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री

    काठमाडौं,२७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ।

    शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो।

    बैठकको निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइनेछ । उता महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइनेछ।

    सरकारमा रास्वपाको सहभागिता थप सशक्त बनाउने उद्देश्यसहित गरिएको यो निर्णयलाई पार्टीभित्र महत्वपूर्ण मानिएको छ।

    यसअघि दीपक साह श्रीमतीलाई नियुक्ति दिलाएको विवादमा परेर बिहीबार बर्खास्तीमा परेका थिए । उनको स्थानमा अब सप्तरीका रामजी यादवले जिम्मेवारी पाएका छन् ।

    उनीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।



    lumbinisanjal   
  • २०८२ चैत्र २७, शुक्रबार १४:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP