• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

    • lumbinisanjal
    • २०८२ चैत्र २४, मंगलवार २०:५०
    702
    SHARES
    पश्चिमाञ्चल यातायात व्यवसायी समितिको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

    बुटवल, २५ चैत । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २५औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई मंगलबार एक कार्यक्रमका बीच औपचारिक रूपमा पद हस्तान्तरण गरिएको छ।

    निवर्तमान अध्यक्ष टीकाराम गौतम नेतृत्वको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष याम बहादुर जिसी नेतृत्वको टिमलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। कार्यक्रममा बोल्दै अध्यक्ष जिसीले व्यवसायीक एकता सुदृढ गर्दै व्यवसायीहरूको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाए। उनले सबैको साथ, सहयोग र विश्वासको अपेक्षा पनि व्यक्त गरे।

    निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथग्रहणसँगै निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो। सो अवसरमा पाण्डेले लोकतान्त्रिक प्रक्रियाबाट आएको नयाँ नेतृत्वले संस्थामा रहेका चुनौतीहरूलाई आत्मसात गर्दै समितिलाई नमुना संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा अध्यक्षका प्रत्याशीहरू प्रताव बहादुर कार्की र पंकज राईले नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै व्यवसायीको हितमा केन्द्रित भई संस्था अघि बढ्ने विश्वास व्यक्त गरे। पूर्वअध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले पनि नयाँ टिमलाई व्यवसायीको संरक्षण र अधिकार सुनिश्चिततामा ध्यान दिन सुझाव दिए।

    त्यसैगरी, निवर्तमान महासचिव खिम बहादुर थापा नारायणले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट हस्तान्तरण गरे भने निवर्तमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्चाचित कोषाध्यक्ष काशीराम पोखरेललाई चेकबुक हस्तान्तरण गरेका थिए।

    कार्यक्रममा कार्यालय प्रमुख प्रकाश गैरेले नयाँ नेतृत्वले कर्मचारीहरूको मनोबल उच्च राख्दै सहकार्य र सहमतिका आधारमा संस्था अगाडि बढाउने विश्वास व्यक्त गरे।



    lumbinisanjal   
  • २०८२ चैत्र २४, मंगलवार २०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP