• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    संसद्‍मा प्रधानमन्त्रीको जवाफ: कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन

    • lumbinisanjal
    • २०८१ फाल्गुन ४, आईतवार ०९:४४
    2.5K
    SHARES
    संसद्‍मा प्रधानमन्त्रीको जवाफ: कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन

    काठमाडौं, ४ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि दल फुटाउने गरी अध्यादेश ल्याउने पक्षमा नरहेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले अध्यादेश ल्याएरै एमालेलाई फुटाइदिएको पनि उनले स्मरण गराएका छन् । तर अहिलेको सरकारले जनतालाई नै लक्षित गर्दै अध्यादेश ल्याउँदा विपक्षी दलहरूले भ्रम फैलाएको आरोप पनि आइतबारको संसद् बैठकमा सांसदहरूसँग सवाल-जवाफका क्रममा लगाएका छन् ।

    प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा माओवदी केन्द्रका सांसद वर्षमान पुनले अध्यादेशको विरोध गरेपछि ओलीले ०७८ सालमा अध्यादेश ल्याएर एमाले फुटाइएको स्मरण गराए ।

    उनले आफूलाई कुनै पनि दल फुटाउन र जोड्ने आफ्नो काम नभएको बताए । ओलीले पार्टी जोड्ने खुद्रा खेलमा आफू नलाग्ने प्रष्ट पारेका छन् । ‘मेरै पार्टी फुटाउनका लागि यहाँहरूले अध्यादेश जारी गर्नुभएको होइन र ?’, उनले भने, ‘अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ पार्टी फुटाउन ल्याउन लागियो भनेर । कसैको पार्टी फुटाइदिने र जोडिदिने मेरो काम होइन । यस्ता खुद्रा विषय मेरो कार्यसूचीमा छैन ।’

    प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्ने क्रममा माओवादी उपमहासचिव वर्षमान पुनले अध्यादेशको चर्को विरोध गरेपछि ओलीले ०८० वैशाख २० गते सम्झिन आग्रह गरे । ०८० वैशाख २० गते संसद् अधिवेशन आह्वान हुनु चार दिनअघि अध्यादेश ल्याएको स्मरण गर्न ओलीले वर्षमानलाई आग्रह गरे । ‘२०८० वैशाख २० गते सम्झिन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिनअघि अध्यादेश ल्याएको थियो,’ ओलीले भने, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने त्यो बेग्लै कुरा भयो ।’



    lumbinisanjal   
  • २०८१ फाल्गुन ४, आईतवार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP