• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

    • lumbinisanjal
    • २०८२ चैत्र २३, सोमबार ०६:३३
    741
    SHARES
    आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

    बुटवल ,२३ चैत । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ ।

    प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा ‘तीनवटा अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ ‘स्वीकृत गरियोस’ भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।

    त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दै छ । सो बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ चैत्र २३, सोमबार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP