• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    ‘पार्टी नेतृत्व बदल्नुपर्ने भनाइपछि’ युवा संघ लुम्बिनी अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बित

    • lumbinisanjal
    • २०८२ श्रावण १०, शनिबार १०:५४
    6.1K
    SHARES
    ‘पार्टी नेतृत्व बदल्नुपर्ने भनाइपछि’ युवा संघ लुम्बिनी अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बित

    बुटवल, १० साउन । पार्टी नेतृत्वमा परिवर्तनको आवाज उठाएका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल एक वर्षका लागि निलम्बनमा परेका छन्।

    संघको साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै, आगामी एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। संघका महासचिव रमेश चौलागाईले जारी गरेको पत्रअनुसार, खरेललाई संघको विधान २०४७ को संशोधित धारा ४१ तथा ४२ (क) र (ख) बमोजिम कारबाही गरिएको हो।

    रुपन्देहीको देवदहका खरेलमाथि पोखरामा सम्पन्न १०औं महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यहरूप्रति अशिष्ट व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्क्याएको, सामाजिक सञ्जालमा पार्टी नेतृत्वमाथि लाञ्छना लगाएको र केन्द्रीय निर्देशन उल्लंघन गर्दै प्रदेश सचिवालयको बैठक सञ्चालन गरेको आरोप लगाइएको छ।

    महासचिव चौलागाईका अनुसार, खरेललाई तीन दिनभित्र उपस्थित भई स्पष्टीकरण दिन भनिएको भए पनि उनले इमेलमार्फत तीन पृष्ठ लामो जवाफ पठाएका थिए। उनले महाधिवेशनमा सुमन पुरीको पक्षमा उभिएको स्वीकार गर्दै पनि कसैप्रति अशिष्ट व्यवहार नगरेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा नेतृत्व परिवर्तनको माग गर्नु लोकतान्त्रिक अभ्यास भएको उनको तर्क छ।

    खरेलले आफ्नो निलम्बनलाई ‘अन्यायपूर्ण र पूर्वाग्रहयुक्त’ भन्दै अस्वीकार गरेका छन्। उनले आफू निर्वाचित नेतृत्व भएको र केवल अर्को अधिवेशनले मात्र हटाउन सक्ने बताएका छन्। “आवश्यक परे समानान्तर कमिटी पनि बन्न सक्छ,” उनले चेतावनी दिएका छन्।

    सुरज खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन्। केही समयअघि उनले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहित फेसबुकमा स्टाटस लेख्दै सम्मानजनक तरिकाले नेतृत्व परिवर्तन गर्नुपर्ने उल्लेख गरेका थिए। “अब मार्गप्रशस्त तपाईंले गर्नुपर्छ, जनता बोलिरहेका छन्, सुन्नुहोस्,” भनी उनले सामाजिक सञ्जालमार्फत सन्देश दिएका थिए।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १०, शनिबार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP