• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

    • lumbinisanjal
    • २०८२ चैत्र १६, सोमबार १८:१६
    702
    SHARES
    बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

    बुटवल, १६ चैत्र ।रुपन्देही लन टेनिस संघको आयोजनामा सोमवार (चैत्र १६) बाट बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा चौथो मेयरकप प्रतियोगिता–२०८२ सुरु भएको छ ।
    प्रतियोगिताको एक समारोहकावीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नु भयो ।

    सो अवसरमा बोल्दै प्रमुख पाडेले खेल क्षेत्रको विकासका लागि स्थानिय सरकार सधै कतिबद्ध भएको प्रतिवद्धता जनाउदै खेल क्षेत्रमा गरिएको लगानीको परिणाम देखिनु पर्ने धारणा राख्नु भयो । उहाले खेल क्षेत्रको संवद्र्धन र संरक्षणका लागि खेल संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताउदै संघहरुमा देखिने विवाद र बैमन्श्यताले खेल क्षेत्रलाई धाराशाही बनाउने चेतावनी दिनु भयो ।

    प्रमुख अतिथि पाण्डेले बुटवल क्षेत्रमा खेल ग्राम निमार्णको थालनी अब छिटै गर्ने जनाउदै त्यसका लागि ठाउ छनौटको काम अगाडी बढेको बताउनु भयो । कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङले नेपालमा लन टेनिस खेलको विकासका लागि ग्रास रुटबाट युवा खेलाडीको उत्पादनमा जोड दिनु भयो । उहाले यस खेलमा नया खेलाडीको कमी देखिएको अवस्था प्रति गम्भिर बन्न सबैलाई आग्रह गर्नु भयो ।

    संघका अध्यक्ष विष्णु प्रसाद चापागाईले प्रतियोगिता आयोजनाले यस क्षेत्रमा लन टेनिस खेलको विकास प्रबद्र्धन तथा नयाँ युवा खेलाडीहरुका लागि रुचि बढाउने बातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नु भयो ।

    सो अवसरमा नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणाले रुपन्देही लन टेनिस संघलाई एक कार्टुन बल हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम संघका सचिव मनोज नेपालले सञ्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष डा. प्रकाश बस्नेतको धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    प्रतियोगिताको पहिलो दिन वटा प्रतिष्पर्धा सम्पन्न भएको छ । जसमा बुटवल देविनगरस्थिती टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगितामा नोपल र भारतका गरि पुरुष तथा महिला एकल र डबलमा १ सयभन्दा बढी खेलाडीहरुको सहभागीता रहेको छ । प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिष्पर्धा गराईने छ । जसमा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा रहने छ भने डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाँच विधा रहेका छन् । प्रतियोगितामा पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

    यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमशः ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता चैत्र २० गतेसम्म सञ्चालन हुने छ ।
    प्रतियोगिताको सातौं संस्करणको पुरुष एकलतर्फको विजेता पोखराका प्रदीप खड्का हुन भने महिला एकलतर्फको विजेता काठमाडौंकी सुनीरा थापा हुन ।



    lumbinisanjal   
  • २०८२ चैत्र १६, सोमबार १८:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP